प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा केही दलको टाउको दुख्यो : कांग्रेस उपसभापति गुरुङ « Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा केही दलको टाउको दुख्यो : कांग्रेस उपसभापति गुरुङ


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समस्या समाधानका लागि एकताबद्ध हुन प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दलको टाउको दुखेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा गुरुङले आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दललाई टाउको दुखेको बताएका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको उनले बताए । पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताए ।

उनले मुलुकको मुहार बदल्न अब नेता र नेताहरुको सोच बद्लिन जरुरी रहेको धारणा राखे । गुरुङले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचबाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरे ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ४१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक