६ प्रदेशमा प्रेस युनियनको अधिवेशन सम्पन्न, बागमतीको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

६ प्रदेशमा प्रेस युनियनको अधिवेशन सम्पन्न, बागमतीको तयारी अन्तिम चरणमा


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रेस युनियनले ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरेको छ।

मुलुक संघियतामा गएपछि पहिलो पटक युनियनले संघिय संरचनाको अभ्यास थालेको हो । गत साउनमा सम्पन्न भएको युनियनको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति संगठन चलयमान सुदृढीकरणमा केन्द्रीत छ । संगठन सुदृढीकरण र शुद्धीकरण अभियानअन्तर्गत प्रदेश अधिवेशन भइरहेको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

‘पत्रकारहरुको हकहितका विषय त प्राथमिकतामा पर्ने नै भए । त्योसँगै हामीले संगठन चलयमान बनाउन सुदृढीकरण र शुद्धिकरणलाई प्राथमिकता दिएका छौं । युनियनले यसअघि संघिय संरचना बनाएको थिएन । अहिले हामी संघिय संरचनाको जग बसाउन प्रदेश अधिवेशन गरिरहेका छौं,’ लम्सालले भने, ‘६ वटा प्रदेश अधिवेशन सम्पन्न भइसकेका छन् । बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्वसन्ध्यामा हामी छौं । बागमतीको अधिवेशन लगत्तै उपत्यका प्रदेशको अधिवेशन हुन्छ ।’

मंगलबार सम्पन्न हुने बागमती प्रदेश अधिवेशनको तयारी सम्पन्न भइसकेको केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारीले जानकारी दिए । अधिवेशनको उद्घाटन कांग्रेस नेता डा. शेखर कोइरालाले गर्नेछन् । त्यसका लागि कोइराला सोमबार चितवन जाँदैछन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार कोइरालाले युनियनको अधिवेशन उद्घाटन अघि पार्टीका नेता–कार्यकर्तासँग सोमबार छलफल गर्नेछन् । कोइरालाले मंगलबार बिहान ९ बजे युनियनको प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ५७ बजे

नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

काठमाडौं– अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी

प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि