फाइभजीको परीक्षण जारी छ : नेपाल टेलिकम « Khabarhub

फाइभजीको परीक्षण जारी छ : नेपाल टेलिकम


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।

टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताए । उनले फाइभजी प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गरे ।

जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उनको भनाइ छ ।

कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी विस्तार गरिरहेको छ । यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पुर्‍याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ ।

सात सय ३९ स्थानीय तहमा फोरजी

वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।

फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पौडेलले बताए ।

डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : १७ बजे

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ