कर्णाली प्रदेशका प्रहरी प्रमुख ढकाल शान्ति सुरक्षा बुझ्न जिल्लाको अनुगमनमा « Khabarhub

कर्णाली प्रदेशका प्रहरी प्रमुख ढकाल शान्ति सुरक्षा बुझ्न जिल्लाको अनुगमनमा


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल शान्ति सुरक्षाको अवस्था बुझन जिल्ला/जिल्लामा पुगेका छन् । भर्खरैमात्र प्रदेश प्रहरी प्रमुख भएर आएका प्रहरी नायव महानिरीक्षक ढकालले माघ १२ गते जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए ।

१३ माघमा १० जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे भिडियोमार्फत जानकारी लिएका ढकालले माघ १५ गते नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश, सुर्खेत र तालिम केन्द्र (हाल नेपालगञ्ज) बाँकेको निरीक्षण गरेका थिए ।

माघ १६ गते नेपाल प्रहरी विषेश सुरक्षा गण, सुर्खेत (हाल नेपालगञ्ज) बाँकेको निरीक्षण गरेका थिए । आइतबार स्थलगत रुपमा शान्ति सुरक्षाको अवस्था बुझन महानिरीक्षक ढकाल जाजरकोट पुगेका थिए । प्रदेशका सबै जिल्लामा पुगेको त्यहाँको अवस्था र नागरिकको अपेक्षासमेत बुझ्ने कार्यक्रम रहेको उनले बताए ।

दरबन्दी अनुसारको प्रहरी कर्णाली प्रदेशमा नभएपनि भएको जनशक्तिले राम्रो काम गरेको समेत बताए । जिल्लाको सुरक्षा समितिको बैठकमा समेत सहभागी भएर जिल्लाको समग्र सुरक्षा तथा भुगोलमा विषयमा समेत जानकारी लिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : २१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया