अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त « Khabarhub

अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ । अमेरिकाको साउथ क्यारोलाइना राज्यको आकाशमा देखिएको बेलुनलाई आन्ध्र महासागरमा खसालिएको हो ।

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको अमेरिकी रक्षा प्रशासन पेन्टागनका अधिकारीहरूले बताएका छन् । पेन्टागन स्रोतका अनुसार एफ–२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चिनियाँ बेलुन खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । यता चीनले भने अमेरिकाको यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।

बाइडेनले मेरिल्याण्ड राज्यमा पत्रकारहरूसँगको कुराकानीमा भने, “उनीहरूले यसलाई सफलतापूर्वक तल झारे । म यस कार्यमा सरिक हुने हाम्रा एभिएटर्सको प्रशंसा गर्छु ।’’

यता चीनले भने घटनालाई ‘स्पष्ट रूपमा अतिरञ्जित’ को संज्ञा दिएको छ ।

अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ निगरानी बेलुन ट्र्याक गरिरहेको बताएपछि गत बिहीबार विवाद सुरु भएको थियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न आयोजना गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ३६ बजे

हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते

काठमाडौँ – मकवानपुरमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा

बंगलादेशमा तनाव चुलियो, मोहम्मद युनुसको घरमा आगजनी

एजेन्सी- बंगलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा नोबेल पुरस्कार विजेता तथा पूर्वअन्तरिम

बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान