नेकपा एमालेको केन्द्रिय समिति बैठक माघ २९ गते बस्ने | Khabarhub Khabarhub

नेकपा एमालेको केन्द्रिय समिति बैठक माघ २९ गते बस्ने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रिय समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।

एमालेका केन्द्रिय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठिनक सुदृढीकरणबारे छलफल हुने जानकारी दिए ।

सो पार्टीको केन्द्रिय कार्यालय बैठकले केन्द्रिय समितिको बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने निर्णय गरेको हो ।

त्यसैगरी पार्टीको सचिवालय बैठक यही माघ २६ गते बस्ने भएको तय भएको छ । एमालेको केन्द्रिय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग