प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्छौं : मुख्यमन्त्री अधिकारी « Khabarhub

प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्छौं : मुख्यमन्त्री अधिकारी


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्ने बताएका छन् ।

गण्डकी प्रदेशसभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदेशसभा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा उनले प्रदेशसभालाई प्रभावकारी सञ्चालन गर्न आवश्यक स्रोतसाधनको प्रदेश सरकारको सामर्थअनुसार उपलब्ध गराउने प्रतिबद्धता जनाए । सो अवसरमा मुख्यमन्त्री अधिकारीले विगतमा झैँ प्रदेशसभाले सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माणमा सघाउने विश्वास व्यक्त गरे ।

उनले भने, “प्रदेशसभाले प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानून निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने पूर्ण विश्वास गर्दै यस सभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न चाहन्छु ।”

नेपालमा सङ्घीयता कार्यान्वयनमा अझै केही समस्या रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले निजामती कर्मचारी सम्बन्धमा सङ्घीय कानुन नबन्दा प्रदेशसभा निजामती कर्मचारी व्यवस्थापनमा समस्या भएको बताए ।

“प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेश मातहत भए पनि सङ्घबाट प्रदेशलाई हस्तान्तरण भएको छैन । साझा अधिकारका सूचीभित्र पर्ने विषयमा सङ्घीय सरकारले कानुन बनाइ प्रदेश तथा स्थानीय तहलाई सहजीकरण गर्न सकेको छैन । स्रोतहरु सङ्घीय सरकार मातहत छन्, प्रदेशलाई स्रोत परिचानलमा सीमित अधिकार मात्र प्रदान गरिएको छ ।” मुख्यमन्त्री अधिकारीले भने ।

सङ्घीयताले नागरिक र सरकारबीच तथा नागरिक र राज्यकाबीच नजिकको सम्बन्ध स्थापित गर्न सहयोग गरेको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले गत वर्षमा कोरोना महामारीसँग लड्न स्थानीय तथा प्रदेश सरकारले जनताको नजिक रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले भने, “अबको समय विगतका अनुभवको सार खिच्ने र त्यसका आधारमा समाजमा उठेका बहसलाई पार लगाउँदै सङ्घीयतालाई मजबुत बनाउने उपयुक्त समय हो ।”

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : १८ बजे

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा