साफ यू–२० महिला फुटबलमा नेपालले भुटानलाई हरायो « Khabarhub

साफ यू–२० महिला फुटबलमा नेपालले भुटानलाई हरायो


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्त‍फा कमाल स्टेडियममा आज भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

आज भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिती राईले एक गोल थपिन् । खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन् ।

त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो । त्यस्तै खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ४७ बजे

भरतपुर सबस्टेसन वैशाख र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न हुने

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२०

पाँचखालको तरकारीमा घट्यो विषादी अवशेष

काभ्रे – पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको

खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ

देशमा पछिल्लो समय बढेको बेतिथिका कारण मानिस यो देशमा भविष्य

बारामा आगलागीबाट छ घर–गोठ नष्ट

कलैया – बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ

बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप

सिराहा -सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई