नियमित सफाइ नहुँदा चायाको समस्या « Khabarhub

नियमित सफाइ नहुँदा चायाको समस्या


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ र त्यस्तो गर्नु हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जरा बाट नै आउने हो। मानिसको कपालमा जाडो र गर्मी दुबै मौसममा चाया पर्ने गर्दछ। कपालमा चाया पर्ने समस्याका कारण अधिकाशं मानिस तनावमा हुने गर्दछन्। कपालको नियमित सफाइ नहुँदा टाउकोमा चाया पर्ने सम्भावना बढी हुन्छ।

कपालमा चाया पर्ने समस्या किन हुन्छ ?
कपालमा आउने चायाले छालाको माथिल्लो तह विस्तारै उक्किँदै जाने हुन्छ। यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ।

चाया रोक्ने उपाय
चाया रोक्न विभिन्न उपाय अपनाउन सकिन्छ। नुहाउँदा नियमित रुपमा एउटै स्याम्पुको प्रयोग गर्नु राम्रो हुन्छ। चाया देखिहाले एन्टी डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्नुपर्छ।
चाया परेको व्यक्तिले प्रयोग गर्ने काइयो, तौली, हेल्मेट अरूले प्रयोग गर्नु हुँदैन। यसो गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ।

कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर सफा गर्नु निकै राम्रो हुन्छ। हेल्मेट समय सयमा धोइराख्ने गर्दा धेरै फाइदा हुन्छ।

जैतनको तेल, नरिवलको तेल, तोरीको तेल कपालमा लगाउनुपर्छ। कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चाया हट्छ।
धेरै नै चाया आयो भने विषेशज्ञ डाक्टरको औषधि अनिवार्य रुपमा लिनुपर्छ। पहाड तिर रिट्ठा भन्ने पाउँछ, त्यो लगाउँदा पनि हुन्छ। एलोभेरा मिसिएको स्याम्पु लगाउँदा पनि हुन्छ।

चायाबाट छुटकार पाउन हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्दा अत्याधिक लाभ मिल्नुका साथै चाया पर्ने समस्या कम हुँदै जान्छ।

(खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शम्भु जोशीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले