पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरू एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू कमजोर हुने दाबी गरे । 

डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरूलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर प्रतिक्रियावादीहरूले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरू एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु सकिने दाबी गरे ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १ : ४२ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ