सेयर बजारमा ३० अंकको गिरावट  « Khabarhub

सेयर बजारमा ३० अंकको गिरावट 


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।

 यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको  ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ। 

आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ४ : ०१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र