एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्। 

उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरूद्ध गद्दारी गरेको बताएका थिए। ओलीको उक्त भनाइले परराष्ट्र नीतिमाथि आँच पुर्‍याएको मन्त्रालयको ठहर छ। 

प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद् भएको मन्त्री शर्माद्वारा जारी  विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५५ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले