एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका क्षेत्रमा कुनै अमुक देशको प्रस्तावमा अर्को देशलाई लक्षित गरी विश्वविद्यालय खोल्न लागेको भन्ने कुरा भ्रमपूर्ण भएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्। 

उक्त क्षेत्रमा चीनलाई लक्षित गरी भारतले विश्वविद्यालय खोल्न लागेको समाचार प्रकाशित भएको थियो। शनिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले भारतलाई विश्वविद्यालय खोल्न दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनविरूद्ध गद्दारी गरेको बताएका थिए। ओलीको उक्त भनाइले परराष्ट्र नीतिमाथि आँच पुर्‍याएको मन्त्रालयको ठहर छ। 

प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद् भएको मन्त्री शर्माद्वारा जारी  विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५५ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर