टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी « Khabarhub

टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ ।

सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते (बिहान ४.१७ बजे)७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।

भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो ।

उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् । त्यस क्षेत्रमा ९ घण्टापछि ७।५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् । ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज ’ ले टर्की र सिरियामा ‘दोस्रो विपत्ति’ आउन नदिन स्वास्थ्य, मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताका लागि दिगो अल्पकालीन र दीर्घकालीन प्रतिक्रियाको तत्काल आवश्यकता रहेको चेतावनी दिएको छ ।

टर्की सरकारका अनुसार विपत्तिबाट कूल दुई लाख १४ हजार भवनहरूमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । प्रभावित कूल नौ लाख ११ हजार नौ सय ४२ व्यक्तिहरूलाई कहरमानमारस, हताय, उस्मानिय र मालत्या प्रान्तका चार वटा घुम्ती सामाजिक सेवा केन्द्रहरूमा मनोसामाजिक सहायता प्रदान गरिएको टर्कीको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : २७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको