टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी « Khabarhub

टर्कीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ हजारभन्दा बढी


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – टर्कीमा गएको भूकम्पमा परी ४५ हजार ८९ जनाको मृत्यु हुनुका साथै एक लाख १५ हजार व्यक्ति घाइते भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले जनाएको छ ।

सिरिया र टर्कीको सीमा क्षेत्रमा फेब्रुअरी ६ गते (बिहान ४.१७ बजे)७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रविन्दु कहरमानमारस प्रान्तको पाजारसिक जिल्लामा रहेको थियो ।

भूकम्पले छिमेकी प्रान्तहरू अदियामान, हताय, कहरमनमारस, किलिस, उस्मानिये, गजियान्टेप, मालत्या, सानलियुर्फा, दियारबाकिर, एलाजिग र अदानालाई प्रभावित गरेको थियो ।

उक्त क्षेत्रमा करिब १८ लाख सिरियाली शरणार्थीसहित लगभग एक करोड ४० लाख मानिसहरू बसोबास गर्छन् । त्यस क्षेत्रमा ९ घण्टापछि ७।५ म्याग्निच्यूडको दोस्रो ठूलो भूकम्प गएको थियो जसका कारण थप ठूलो क्षति हुनुका साथै क्षतिग्रस्त भवनहरू ध्वस्त भएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले तयार पारेको ‘सन् २०२३ को भूकम्प विस्थापन’ प्रतिवेदनअनुसार कूल २७ लाख मानिसले विपद् क्षेत्र छाडेका छन् । ‘इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज ’ ले टर्की र सिरियामा ‘दोस्रो विपत्ति’ आउन नदिन स्वास्थ्य, मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताका लागि दिगो अल्पकालीन र दीर्घकालीन प्रतिक्रियाको तत्काल आवश्यकता रहेको चेतावनी दिएको छ ।

टर्की सरकारका अनुसार विपत्तिबाट कूल दुई लाख १४ हजार भवनहरूमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । प्रभावित कूल नौ लाख ११ हजार नौ सय ४२ व्यक्तिहरूलाई कहरमानमारस, हताय, उस्मानिय र मालत्या प्रान्तका चार वटा घुम्ती सामाजिक सेवा केन्द्रहरूमा मनोसामाजिक सहायता प्रदान गरिएको टर्कीको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : २७ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा