'संक्रमणाकालीन न्याय निश्चित समयमा पूरा गरिसक्नुपर्ने काम हो' | Khabarhub Khabarhub

‘संक्रमणाकालीन न्याय निश्चित समयमा पूरा गरिसक्नुपर्ने काम हो’


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

संक्रमणकालीन न्यायलाई टुङ्ग्याउन सरकारले एउटा विधेयक संसदमा प्रस्तुत गरेको छ । यो विधेयकमाथि बाहिर पनि चर्चा परिचर्चाहरू चलिरहेका छन् भने संसदभित्र पनि संशोधन गर्नुपर्ने माग उठ्न थालेको छ । यसै विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य, नेपाल ल क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा. गोविन्द गौतमसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश-

संक्रमणाकालीन न्यायको लागि किन किचलो भएको हो ? यसको कुनै समाधानको उपाय केही छैन ?

सङ्क्रमणकालीन न्याय निश्चित समयमा गरिसक्नुपर्ने काम हो, जुन हाम्रो देशमा भएको नै छैन । १५/१६ वर्ष बितिसक्यो शान्ति सम्झौता भएको तर सबै निर्देशनात्मक आदेश जारी भएर पनि उजुरीमा सबै कुरा राखेर विधेयक आएको हो । तर त्यसको परिपालना गर्नसक्नु पर्ने तर त्यो काम भने भएको छैन । नियमित प्रणाली अन्तर्गत कार्यविधि पनि तोकेको छ त्यसको पालना गर्नुपर्ने हुन्छ ।

खण्ड ६ मा रहेको मानव अधिकारको गम्भीर उलंघण भन्ने शब्दको सट्टा मानव अधिकारको उलंघन वा भन्ने एउटै शब्दावलीमा पनि विवाद भइरहेको छ किन ?

२०७१ सालमा मानव अधिकारको उल्लङ्घनभित्र अपराधजन्य कार्यलाई ९ वटा बुँदामा राखिएको थियो तर अहिले वर्गीकरण गरेर ४ वटामा राख्यो । मानव अधिकारको उल्लङ्घनलाई उन्मुक्ति दिन सकिँदैन । मेलमिलाप पक्षले तथा पीडितले नचाहेर यो हुन सक्दैन । यो पीडक र पीडितको बीचमा मिलेर कार्यलाई अगाडि बढाउन सक्नु पर्ने हुन्छ । स्रोत साधन राज्यले खोजी गरेर अगाडि बढाउन प्रेरणा दिनु पर्ने हुन्छ ।

ल क्याम्पसमा ३५ वर्ष पढाउनुभयो कानूनको बारेमा तपाईँलाई धेरै जानकारी छ, यो द्वन्द्वको चुनौतीलाई कसरी लिनुहुन्छ ?

द्वन्द्व सुरु भएको २०५२ फागुन १ गते हो । अहिले २८ वर्ष भयो । विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष पुग्यो । त्यो समयका उजुरीहरू पनि आयोगमा नै छन् । म कानूनको  विद्यार्थी भएको कारण राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा विधेयक आएको छ र सांसदले सही रूपमा पालन नगरेको तथा गर्न नचाहेको जस्तो भएको हो । क्रूर यातना दिई मारेको भए त्यो पक्षलाई भने कारबाही गर्न अति आवश्यक छ, त्यो गम्भीर मानव अधिकार उल्लङ्घनको रूपमा लिएको हो । जति द्वन्द्वका क्रममा घटना भए, सबैलाई मानव अधिकार उल्लङ्घनमा मात्र लिन भने मिल्दैन ।

यो अवस्थामा राजनीतिक दलहरू आफू फसिन्छ भन्ने कारणले तै चुप मै चुप भएको वा अन्य के कारण होलान् र समस्याको समाधानको उपाय के हुन सक्छ ?

यो त्रुटिरहित र पूर्ण छ भन्न मिल्दैन । यसमा संशोधन गर्न अझ बाँकी नै रहेको छ । द्वन्द्व पीडितहरूलाई सही रूपमा न्याय दिलाउन सक्नुपर्छ र ऐन बनेपछि ऐनको आधारमा कार्य गर्ने हो । यसमा संसद्लाई मात्र सबै कार्यको समाधानको रूपमा भने लिन मिल्दैन । त्यहाँ अन्य अरू पक्षलाई पनि नियाल्न सक्नुपर्ने हुन्छ ।

दलीय प्रभावले यो नीति थितिमा असहज पैदा गर्ने त होइन ?

सरकारले बनाएको विधेयक दर्ता भएको छैन । गएको असार ३१ गते विधेयक आयो छलफल तथा टिकाटिप्पणी हुँदै थियो । संसद् नरहेपछि त्यो त्यसै थियो । त्यो विधेयकमाथि परिमार्जन गरेर अहिले दोस्रो विधेयक आएको छ । कुनै बहानामा ढिला गर्ने हो भने अन्यायमा पर्नेहरूको लागि राज्यपक्ष प्रति विश्वासको बाटो हराउन सक्छ त्यसो हुनु भएन ।

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ४३ बजे

भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो

काठमाडौं – अस्टन भिल्लाले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशको सम्भावना

निःशुल्क स्वास्थ्य शिविरबाट करिव ८ सयजना लाभान्वित

गोरखा– गोरखाको धार्चे गाउँपालिका–२ केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव