धनकुटा बजारमा नाङ्गो तार हटाउन थालियो « Khabarhub

धनकुटा बजारमा नाङ्गो तार हटाउन थालियो


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटा बजार क्षेत्रमा विद्युत्को नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । फैलिएको धेरै नाङ्गो तारको सट्टामा एउटै केवलको लठ्ठाभित्र तार राखेर केवल प्रविधिमा विद्युत् लाइन विस्तार गरिएको छ ।

पहिलो चरणमा मंगलबारदेखि नगरको मुख्य बजार मदन चोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख पह्लाद पोखरेलले जानकारी दिए ।

तारलाई रबरले बाहिरबाट ढाकिने हुनाले छुँदा करेन्ट नलाग्ने पोखरेलले बताए । सम्भावित करेन्ट लाग्ने जोखिमबाट नगरवासीलाई सुरक्षित राख्न क्रमिकरूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सुनाए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ५५ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि