रोनाल्डो चम्किदा अल नासारको सानदार जीत  « Khabarhub

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो ।  ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४–० को फराकिलो अग्रता लियो । इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जीत दिलाए ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४औं स्थानमा छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ०५ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ