रविले बुझाए ६ पृष्ठको स्पष्टीकरण, युवराज पौडेलको उजुरी नलाग्ने  « Khabarhub

रविले बुझाए ६ पृष्ठको स्पष्टीकरण, युवराज पौडेलको उजुरी नलाग्ने 


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। बुधबार मध्यान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले  स्पष्टीकरण बुझाएका हुन्।

रविको स्पष्टीकरण अध्ययनपछि कार्यालयले बुधबार नै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। उता चितवन-२ को उपनिर्वाचनमा लामिछानेविरूद्ध उजुरी दिएका चारमध्ये युवराज पौडेल ‘सफल’को उजुरी नलाग्ने भएको छ। 

लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई फेरि नागरिकता लिएको भन्दै पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए।

लामिछानेविरूद्ध पौडेलबाहेक चितवन-२ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन्।

स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका थिए।

उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका थिए।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ३६ बजे

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल

भारतसँग ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली – भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते

किभ – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको