मकवानपुरमा खोरेत रोगविरुद्धको खोप लगाउन सुरु « Khabarhub

मकवानपुरमा खोरेत रोगविरुद्धको खोप लगाउन सुरु


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरूमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

संघीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधि सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप लगाउने कार्य सुरु भएको  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख डा व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित  स्थानीय तहमा पठाइएको जानकारी दिए।

स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उनले  दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप  लगाउने अभियान सुरु भएको बताए ।

हेटौँडा उपमहानगरपालिकामा रोग सङ्क्रमण  भएका  तथा  लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बागमती  गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ । 

त्यसैगरी,  कैलाश गाउँपालिकाका लागि  एक  हजार, थाहा नगरपालिकाका  लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच  सय, भीमफेदी गाउँपालिका  लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी  गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप निःशुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।

 तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि  हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा ठाकुरले भन्नुभयो । खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुट्टा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिँडुल गर्न समस्या हुने गर्दछ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : १६ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते