फाइल फोटो

राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय सदस्य संख्या घटाउन आग्रह 

By खबरहब

April 05, 2023

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको  संख्या घटाउन आग्रह गरेका छन्।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले याे संख्या घटाउन आग्रह गरेका हुन् ।

देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउनुपर्नेमा उनकाे जोड छ ।

राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेकको खर्चलाई कटौती गर्नुपर्ने उनले बताए। 

महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।