अवैध लागूऔषधसहित ३ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित ३ जना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई बुधबार  बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् । 

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र-१-०२-००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ३९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६