कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय झलारी र रैकवारबाट खटीएको प्रहरी गस्ती टोलीले कृष्णपुर नगपालिका ७ कलुवापुरका गणेश पाण्डेय र कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका ४० वर्षीय तीर्थ फुलारालाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

पाण्डेयले चलाएको सुपप्र ०१–०११ प २२४६ नम्बरको मोटरसाइकल र सोही मोटरसाइकलमा सवार फुलारालाई शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट १.१५ ग्राम लागूऔषध खैरो हेरोइन बरामद नियन्त्रणमा लिएको डाँगीले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : २५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं