कोशी प्रदेश सरकारले कार्य मूल्याङ्कन समिति गठन गर्ने « Khabarhub

कोशी प्रदेश सरकारले कार्य मूल्याङ्कन समिति गठन गर्ने


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानून, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने समेत निर्णय गरेको छ ।

बैठकले सङ्घबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग रु तीन अर्ब ४८ करोड ३६ लाख ५० हजार केन्द्र सरकारसँग माग गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

सो अवसरमा सरकारले प्रमुख सचिव डा दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ३८ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र