महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आग्रह « Khabarhub

महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आग्रह


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टीकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, “अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (युनामा) मा रहेका हाम्रा सहकर्मी (महिला कर्मचारी) लाई काम गर्न प्रतिबन्ध लगाउने आदेश प्राप्त भएको छ ।”

उनले भने, “संयुक्त राष्ट्रसङ्घले अझै पनि यो घटनाक्रमले अफगानिस्तानमा आफ्नो अभियानलाई कसरी प्रभाव पार्छ भनेर हेरिरहेको छ र काबुलमा तालिबानसँग थप बैठकहरू हुने अपेक्षा गरेको छ, जसमा हामी केही स्पष्टता खोज्ने प्रयास गरिरहेका छौं ।”

“महासचिवका लागि यस्तो प्रतिबन्ध अस्वीकार्य र अकल्पनीय हुनेछ,” दुजारिकले पत्रकारहरूसँग भने ।

“सहायता संस्थाहरूको सबैभन्दा बढी खाँचोमा परेका व्यक्तिहरूसम्म पुग्न सक्ने क्षमतालाई कमजोर पार्ने यो पछिल्लो प्रवृत्ति हो,” उनले भने ।

“यो भन्नै नसकिने कुरा हो, तर दुर्भाग्यवश, यो भन्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घका लागि महिला कर्मचारीहरू जीवन रक्षक सहायता प्रदान गर्न आवश्यक छन्’ उनले थपे ।

यस्ता आदेशले महिलाको मौलिक अधिकारको हनन गर्नुका साथै भेदभावरहित सिद्धान्तको उल्लङ्घन हुने प्रवक्ताको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ४४ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना