महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आग्रह « Khabarhub

महिला कर्मचारीमाथि तालिबानले लगाएको प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको आग्रह


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगान तालिबानले संयुक्त राष्ट्रसङ्घका महिला कर्मचारीलाई आफ्नो देशमा काम गर्न प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले स्पष्टीकरण खोजिरहेको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने, “अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसन (युनामा) मा रहेका हाम्रा सहकर्मी (महिला कर्मचारी) लाई काम गर्न प्रतिबन्ध लगाउने आदेश प्राप्त भएको छ ।”

उनले भने, “संयुक्त राष्ट्रसङ्घले अझै पनि यो घटनाक्रमले अफगानिस्तानमा आफ्नो अभियानलाई कसरी प्रभाव पार्छ भनेर हेरिरहेको छ र काबुलमा तालिबानसँग थप बैठकहरू हुने अपेक्षा गरेको छ, जसमा हामी केही स्पष्टता खोज्ने प्रयास गरिरहेका छौं ।”

“महासचिवका लागि यस्तो प्रतिबन्ध अस्वीकार्य र अकल्पनीय हुनेछ,” दुजारिकले पत्रकारहरूसँग भने ।

“सहायता संस्थाहरूको सबैभन्दा बढी खाँचोमा परेका व्यक्तिहरूसम्म पुग्न सक्ने क्षमतालाई कमजोर पार्ने यो पछिल्लो प्रवृत्ति हो,” उनले भने ।

“यो भन्नै नसकिने कुरा हो, तर दुर्भाग्यवश, यो भन्न आवश्यक छ कि संयुक्त राष्ट्रसङ्घका लागि महिला कर्मचारीहरू जीवन रक्षक सहायता प्रदान गर्न आवश्यक छन्’ उनले थपे ।

यस्ता आदेशले महिलाको मौलिक अधिकारको हनन गर्नुका साथै भेदभावरहित सिद्धान्तको उल्लङ्घन हुने प्रवक्ताको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ३ : ४४ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२