राप्रपा र रास्वपा मिले विकास हुन्छ « Khabarhub

राप्रपा र रास्वपा मिले विकास हुन्छ


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा सङ्घीयता नचाहिने र हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने आवाज बुलन्द पारिरहेको छ र देशमा राजसंस्था चाहिन्छ भनेर निकै लामो समयदेखि वकालत पनि गर्दै आइरहेको छ । एमालेका नेता केपी ओलीले पनि राजसंस्थालाई नराम्रो नै भनेको पाइयो । यसै सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री नथा नेता प्रकाश रिमालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

राजतन्त्र मान्नेहरू त फटाहा, अज्ञानी र मूर्ख हुन् भन्ने हल्ला छ नि ?

झापामा भएको घटनाका आधारमा राप्रपा चाहिन्छ भन्ने कसैलाई छैन । यस्तो कुरा केपी ओलीले उठाउनु भएको हो । तर प्रदेश १ को नामकरण एमालेकै मुख्यमन्त्रीको नेतृत्वमा भएको हो । राजसंस्था मान्ने फटाहा, अज्ञानी र मूर्ख हुन् भन्नलाई पहिला उहाँले पनि राजसंस्था मान्नु भएको थियो । त्यो बेला उहाँ मूर्ख हो त ? विश्वका धेरै देशहरूले राजसंस्था मान्छन् । राजसंस्थाको कुरा गर्दा सम्पन्न नहुने हैन । गणतन्त्र भएका सबै देश समृद्ध छन् त ? हामीले राजसंस्था हुँदा निरङ्कुश नै हुन्छ भन्ने भाष्य बनाउनु हुँदैन । त्यसैले राप्रपाले खोजको निरङ्कुश राजसंस्था हैन ।

पूर्वराजालाई धेरै फुरफुर नगर हिसाब किताब बाँकी नै छ भन्ने एमालेलाई किन लाग्यो ?

हामी पहिला चुनावमा केही जिल्लास्तरमा गठबन्धन गरेर गएका हौँ । तरपनि एमालेसँगको हाम्रो सम्बन्ध स्थायी हैन । उनीहरूको दर्शन नै गणतन्त्र हो । उनीहरूले हामीलाई सपोर्ट गर्छन् भनेर हामीले सोच्नु हुँदैन । नेपाली जनताको भावना एकातिर, नीति र नियम एकातिर र नेताको भावना अर्कोतिर भएका कारणले देशको यो अवस्था आएको हो । हाम्रा कम्युनिस्ट पार्टीहरू पश्चिमा शक्तिसँग मिलेका छन् ।

पहिलाको दाँजोमा जनमत किन घटेको तपाँईहरुको ?

हामीले हाम्रा मुद्दा, भावना, विचारहरू जनताको घरघरमा पुर्‍याउने काम गर्न सकेनौँ । त्यो हाम्रो कमजोरी हो । जुन दिन हामीले जनतामा सबै कुरा पुर्‍याउन सक्छौँ, त्यो दिन इन्डियामा भाजपाजस्तै बलियो हुन्छौँ । नेपाली समाजको मानसिकता यस्तो भयो कि नेतृत्व राप्रपाको, कुरा राप्रपाको राम्रो हो तर मेरो पुर्खा कांग्रेस हो भन्ने र म त उतै भोट हाल्छु भन्ने छ । त्यो सोचाइ परिवर्तन गर्नुपर्छ ।

राप्रपा सङ्घीयतातिर किन गएको ?

हामी गणतन्त्रको पनि पक्षमा छौँ । यो संविधानले हामीलाई वैचारिक स्वतन्त्रता, दलमाथि विचारको आधारमा प्रतिबन्ध नलाग्ने व्यवस्था गरेको छ । त्यसैले यो निर्वाचनलाई संविधानले दिएको वैचारिक स्वतन्त्रता र विचारको आधारमा दलमाथि प्रतिबन्ध नलाग्ने व्यवस्थालाई हामीले उपयोग गरेका छौँ । संसद्मा उपस्थिति भएर हामीले त्यो ठिक हैन भनेका हौँ । जानै नहुने हैन । सैद्धान्तिक रूपमा हामी स्पष्ट छौँ । हामी जनताका कुराहरू उजागर गर्छौँ । सदनका कुरा जनतामाझ लैजान्छौँ ।

नयाँ पार्टीको तुलनामा तपाईँहरूको मत आएन नि ?

धेरै पार्टीले पुस्तान्तरण हुनुपर्छ भनेका छन् । तर अहिलेसम्म पुस्तान्तरण गरेको पार्टी राप्रपा मात्रै हो । त्यसैको परिणामस्वरूप काठमाडौँमा बालेन शाह, धरानमा हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो ।

तपाईहरूलाई काम गर्न रोकोको राजसंस्था नआएर हो ?

हामी हाम्रो पहिचान संस्कार परम्परा गुमाएर हिँडेका छौँ । संस्कृत क्षेत्री बाहुनको भनेर हटाइयो तर यो त सबैको संस्कारमा चाहिने कुरा हो नि ! क्रिश्चियनहरुसँग बिचार मिल्यो भन्ने राजनीतिक दलहरू धेरै भए । यो मार्गचित्र नै खराब छ । त्यसैले अब राजसंस्था स्थापना गर्ने र हिन्दु राष्ट्रका विषयमा राप्रपा र रास्वपा मिलेर लागे विकास हुन्छ । मुलुकको लागि राजसंस्था, हिन्दु राष्ट्र आवश्यक छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १२ : ३३ बजे

रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका