बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री  « Khabarhub

बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् । 

उनले बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै भएको बताएका छन् ।  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेको बताए । 

दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उनको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेकाले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व मानिएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । 

त्यसैगरी उनले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उनले गरेको त्याग, लिएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय  भएको समेत बताएका छन् । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : २८ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि