बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख | Khabarhub Khabarhub

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ : सभामुख


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने जनाएका छन् ।

 २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले गौतम बुद्धको जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका बताएका छन् ।

‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको छ, ’ सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन् । बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्छन् ।’ भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले मानवजातिमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास सभामुख घिमिरेले लिएका छन्  ।

आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वाससमेत सभामुख घिमिरेले व्यक्त गरेका छन् । सभामुख घिमिरेले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०० बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित