राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक : मुख्यमन्त्री पाण्डे « Khabarhub

राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक : मुख्यमन्त्री पाण्डे


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन्’, भनेका छन् ।

बुद्ध दर्शनलाई जीवनमा आत्मसात् गर्नुका साथै उनीद्वारा स्थापित चार आर्यसत्यलाई अवलम्बन गर्नसके मात्र पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्कने सन्देशमा भनिएको छ । बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

बुद्ध सन्देशलाई विश्वभर फैलाउनुका साथै उनको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न लाग्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले यस्ता पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ४८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन