राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक : मुख्यमन्त्री पाण्डे « Khabarhub

राष्ट्रिय एकता सुदृढ बनाउन बुद्धका उपदेश मार्गदर्शक : मुख्यमन्त्री पाण्डे


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय एकता सुदृढ र सबल बनाउन गौतम बुद्धका उपदेश अहिले पनि उत्तिकै मार्गदर्शक भएको बताएका छन् ।

दुई हजार पाँच सय ६७औँ बुद्धजयन्ती र उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘विभिन्न जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक सांस्कृतिक विविधताबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन बुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि हाम्रा लागि मार्गदर्शक सावित भएका छन्’, भनेका छन् ।

बुद्ध दर्शनलाई जीवनमा आत्मसात् गर्नुका साथै उनीद्वारा स्थापित चार आर्यसत्यलाई अवलम्बन गर्नसके मात्र पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्कने सन्देशमा भनिएको छ । बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको उल्लेख गर्दै सन्देशमा यस्ता पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

बुद्ध सन्देशलाई विश्वभर फैलाउनुका साथै उनको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न लाग्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले यस्ता पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त समृद्ध नेपाल निर्माणमा प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ४८ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड