शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सीमित रहेको छ ।

यसैगरी, दशरथ रङ्गशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर वर्षाको कारण च्यासल मैदान खराब भए पछि उक्त खेल रङ्गशालमा हुन लागेको हो । 

पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : ०६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु