ड्रोन आक्रमणपछि आत्तिएको रुस | Khabarhub Khabarhub

ड्रोन आक्रमणपछि आत्तिएको रुस


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रुसले मस्कोमा रहेका राष्ट्रपति भ्लाडिमिर पुटिनलाई मार्ने योजनाका साथ ड्रोन आक्रमण भएको जनाएको छ। रुसी अधिकारीले युक्रेनलाई यसको आरोप लगाइएको छ। युक्रेनले भने यसलाई अस्वीकार गरेको छ। पछिल्ला केही दिन रुस र रुसले कब्जामा राखेका धेरै स्थानमा ड्रोन आक्रमण भएको थियो। ४ मेमा तेल जन्य स्थान क्रासोनाडारमा आक्रमण भएको छ।

गत महिना किरीयेसभेमा पनि आक्रमण भएको थियो। गत महिना रुसी सिमानामा पनि यसै किसिमले ड्रोन आक्रमण भएको थियो। २०२३ को सुरुवातदेखि नै यस किसिमको आक्रमण २० वटा भएको जनाइएको छ। ब्रेनेक्स बोलगार्ड र अन्य स्थानमा यसरी नै आक्रमण भएका जनाइएको छ।

तेल उत्पादनका क्षेत्र, हवाई क्षेत्र ऊर्जा उत्पादन क्षेत्रमा लक्षित गर्दा ड्रोन आक्रमण भएको छ। चार तेल उत्पादन क्षेत्रमा आक्रमण भएको अनुमान गरिएको छ। रुस नियन्त्रित त्रिमियाको राजधानी सेभिया पोलमा २९ अप्रिलका दिन भएका आक्रमणबाट धेरै ट्याङ्क नष्ट भएको जनाइएको छ।

ती कुनै पनि आक्रमण आफूले नगरको भन्ने कुनै कुरा युक्रेनी पक्षले राखेको नै छैन। किभबाट सैन्य शक्तिले लामो दूरीको हतियारको योजना बनाउन थालेको छ। यी लामो दुरीको हतियार यसरी प्रयास भएका छन् कि जसरी युद्धको सुरुवाती दिनमा रुसले गर्ने गरेको थियो।

ड्रोन एक होइन, दुई पक्षबाटै प्रहार हुने क्रम बढेको छ। रुसले पनि इरानमा बनेको ड्रोन प्रयोग गर्न थालेको छ। सीमाबाट रुसको राजधानी मस्को ४८० किलोमिटर पर छ। त्यहाँसम्म पुग्ने ड्रोन आक्रमण भएको छ।

‘यद्यपि युक्रेनले आफूहरूको आक्रमणको बारे कुनै कुरा राखेको छैन। तथापि गत वर्षदेखि अहिलेसम्म युक्रेन टिकेको र लगातार लडेको आधारमा भन्न सकिन्छ कि उसँग लामो दुरीसँग धेरै गर्न सकिने हतियार छन्’, एभियसनीस्टठ ब्लगका सम्पादक डेभिड सेनसीयोटीले भने।
ड्रोन विशेषज्ञ स्टेभ राइटले क्रेमलीनमा आवश्यक पर्ने ड्रोन युक्रेनसँग भएको बताउँदै अहिले रुस सेना रक्षात्मक अवस्थामा पुगेको जनाएका छन्।

उनले युक्रेनीहरू अझ नजिक पुगेको त्यहाँको स्थानबाट ड्रोन आक्रमण गर्न सुरु गरेको बताउँदै यसले धेरै असर गर्नसक्ने कुरामा जोड दिन्छन्। उनको बिचारमा यसले मस्कोको रक्षापक्तिलाई नै ध्वस्त बनाएको छ।

युक्रेनका डिजिटल ट्रान्सफरमेसन मन्त्री मिखायल फेडेरोभले दिएको जानकारी अनुसार युक्रेनसँग अहिले मस्को पुगेर फर्कने क्षमता भएको ड्रोनसमेत जनाएका छन्। यसका बाबजुद उनी मस्कोमा ड्रोन आक्रमण भएको कुरा स्वीकार्दैनन्।

सेनसीयाटीका अनुसार अहिले युक्रेनले धेरै अर्थ राख्ने ड्रोन प्रयोग गरेको छ। ट्याबर टी बी टु भने अहिले युद्धका लागि साँच्चै प्रभावकारी भएको छ। यो क्रम भइरहे विभिन्न स्थानमा रुसी शक्तिले धेरै क्षति बेहोर्न सम्भावना छ।

हालसालै टर्कीले सैन्य टीबीटु युक्रेनलाई बिक्री गरेको हो। टर्कीले बिक्री गरेको साथै पश्चिमा देशले गरेको सहयोग युक्रेनेको मुख्य आधार भएको छ। एक दिन अगाडि भने क्रेमलीनमा युक्रेनले दुई आक्रमण गरेको रुसले पनि स्वीकार गरेको छ। त्यसले कोही घाइते नभएको तथा राष्ट्रपति घाइते नभएको कुरा जनाइएको छ। केही भिडियो पनि सार्वजनिक भएका छन्। एउटा भिडियोमा क्रेमलीनतर्फ ड्रोन गइरहेको तथा अर्को विस्फोट भएको देखाइएको छ।

अर्को एक भिडियोमा क्रेमलीनमा धुवा मुस्लो उडी रहेको प्रस्ट थियो। क्रेमलीनले भनेको कुरा साँचो हो भने त्यो राष्ट्रपतिको जीवनमा ठुलै समस्या पनि हो। त्यसो त पुटिन संसारमै सबै भन्दा बलियो सुरक्षा घेरा भित्र रहने नेता हुन्। युद्ध भन्दा अघि सामान्य अवस्थामा पनि उनको नजिक पुग्ने धेरै सुरक्षा जाँच हुने गरेको थियो। धेरै तहमा सेनाले घोरिएका हुन्थे। मस्कोका मुख्य भवनमा पनि यसैगरी आक्रमण भएपछि यसले धेरैलाई अप्ठेरोमा पारेको छ।

रक्षा मन्त्रालयको कौसीमा पनि ड्रोन आक्रमण भएपछि रुसी पक्षले अझ सतर्कताको महसुस गरेको हो। बुधबार ब्रेनास्क क्षेत्रमा दुई रेलको यात्रा नै अवरुद्ध भएको थियो। यस्ता अन्य केही आक्रमण त्यसै दिन भएको हुनसक्ने आशाका गरिएको छ। त्यसका एक या दुई दिन अघि पनि यसै किसिमको आक्रमण भएको थियो। पछिल्लो समय रुसी सेनाले पनि प्रत्याक्रमणको तयारी गरेको दाबी गरिएको छ।

युद्ध सुरु भएको एक वर्ष भन्दा यताको समयमा धेरै मानवता विरोधी अपराध रुसले गरेको थियो। युद्धको सुरुवातमा नै अस्पताल, प्रसूति गृह र वृद्धाश्रममा रुसी सेनाले आक्रमण गरेको थियो। धेरै जनाको भाग दौड र कोलाहल मच्चिएका थिए। युद्ध रुसले चाहे जस्तो भएन। चाँडो नै जित हात पार्ने रुसको योजना फरक ढङ्गले युक्रेनले सामना गर्न सफल भएको छ।

पछिल्लो समय रुसको नीति फेरिएको थियो ऊर्जा क्षेत्रमा आक्रमण गरेर युक्रेनमा मानवीय संकट निम्त्याउने र त्यसैको आधारमा जित हात पार्ने रुसको नीति असफल भएको थियो। पछिल्ला समय ड्रोन आक्रमणको कारण रुसी राष्ट्रपति नै कडा सुरक्षा घेरामा बस्नु परेको छ। सायद यसले युक्रेनको आत्मबल धेरै नै बढाउने छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ०० बजे

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास

एमाले रसुवा अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा– नेकपा एमाले रसुवाको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल

१६ मुलुकका कर प्रशासक र विज्ञ नेपालमा, कर नीतिबारे सामूहिक धारणा बनाउन सुझाव

काठमाडौं – कर प्रणालीमा निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार

एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल

रसुवा– नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन

उपेन्द्रको जवाफ : माधव नेपाललाई प्रधानमन्त्री बनाउन सरकार ढाल्न खोजेको होइन

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले