एआरएनए युरोपेली सम्मेलन आजदेखि सरू हुँदै « Khabarhub

एआरएनए युरोपेली सम्मेलन आजदेखि सरू हुँदै


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) को  १५ औं युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा सुरु हुँदै छ ।

 मे ५, ६ र ७ तारिख तीन दिनमा जारी रहने सो सम्मेलनको उद्घाटन संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले गर्ने तयारी छ । अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाललगायत विश्वका ३५ भन्दा बढी मुलुकका ३ सय बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनको समापन समारोहमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ । 

सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नको लागि क्षेत्रीय संयोजकद्वय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा १० अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा घनिभूत छलफल हुनेछ । यस्तै सम्मेलनमा  संघको विधान, आन्तरिक एकता, सदस्यता वितरण र आगामी १५ औं विश्व सम्मेलन लगायतका विषयमा समेत छलफल हुनेछ । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले नेपालमा जति पुँजीको लगानी छ त्यति नै सिप, ज्ञान र प्रविधिको लगानीको महत्व भएको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालीमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने बताए । 

 सम्मेलनमा नेपाली कांग्रेसका सचेतक रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सहभागी हुनेछन् । यस्तै गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरू, पत्रकारहरू र संस्थापकहरुको उपस्थिति रहनेछ । सम्मेलनमा भाग लिन बिहीबार नै विभिन्न देशका गैरआवासीय नेपाली पदाधिकारी एवं अतिथिगढ प्राग पुगिसकेका छन् । 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १० : ५८ बजे

यमनको ताइज प्रान्तमा भएको आक्रमणमा २० जनाको मृत्यु

साना – यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

लगातार हारपछि अर्जुनले भने : बाँकी तीन खेल जित्ने प्रयास हुनेछ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लगातार हार

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई

एनपीएलमा चितवनको दोस्रो जित, पोखरालाई लगातार चौथो हार

काठमाडौं – बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिग