बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति लण्डन प्रस्थान | Khabarhub Khabarhub

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति लण्डन प्रस्थान


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतीय उपराष्ट्रपति जगदीप धनखर आज बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भोलि शनिबार राजा चार्ल्सको राज्याभिषेक हुँदैछ ।

दुईदिने बेलायत भ्रमणका क्रममा उनले राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र प्रमुखसँग सामूहिक भेट गर्ने कार्यक्रम छ । समारोहमा विश्वका करिब दुई हजार विशिष्ट व्यक्ति सहभागी हुनेछन् । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गरेकी छिन् ।

बेलायत सरकारले भारतलगायत अन्तर्राष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ । वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ । राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् ।

गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि राज चार्ल्सले राजसिंहासन सम्हालेका हुन् । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइदैछ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  २ : ५१ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार