उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा आवश्यक : नेता कोइराला | Khabarhub Khabarhub

उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा आवश्यक : नेता कोइराला


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् ।

शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी  छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले थपे, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनको अनुमान छ । उनले अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ४ : ०६ बजे

मेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१