टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की (भिडियो) « Khabarhub

टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की (भिडियो)


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

अंकारा- रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ ।

रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा आयोजित एक सम्मेलनमा हात हालाहालमा उत्रेका हुन् । अंकारामा भएको ब्ल्याक सी इकोनोमिक कम्युनिटीको बैठकमा रुस र युक्रेनका प्रतिनिधिहरुबीच धक्कामुक्की भएको भिडियो सार्वजनिक भएको छ ।

रुसी प्रतिनिधिले बैठकमा राखिएको युक्रेनको झण्ड खोसेर हिँडेपछि युक्रेनी प्रतिनिधिले उनीमाथि मुक्का प्रहार गरेको उक्त भिडियोमा देखिन्छ । युक्रेन र रुसका प्रतिनिधिहरुबीच भएको यो धक्कामुक्कीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा युक्रेनी सांसद ओलेक्जेन्डर मारिकोभस्की आफ्नो देशको झण्डा लिएर उभिएको देखाइएको छ । यसैबीच, एक रुसी प्रतिनिधि पछाडिबाट आएर युक्रेनी झण्डा लिएर जान्छन् । यो देखेर क्रुद्ध भएका युक्रेनी प्रतिनिधि रुसी प्रतिनिधिको पछि लाग्छन् र उनको अनुहारमा मुक्का प्रहार गर्छन् । यसक्रममा दुबैलाई त्यहाँ रहेका अन्य मानिसहरुले रोक्ने प्रयास गरेको पनि भिडियोमा देखिन्छ ।

भिडियो-

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ४८ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक