'प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणमा राम्रो’ | Khabarhub Khabarhub

‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणमा राम्रो’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्केका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भ्रमणबारे जानकारी दिँदै यसअघिका भ्रमणभन्दा परिणाममुखी, फलदायी र कामकाजी भएको दाबी गरे । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गैरजिम्मेवार र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै  संसदमा विरोध गरेको छ । आखिर प्रधानमन्त्री  प्रचण्डको भारत भ्रमणबाट नेपालले के पायो ? यसै विषयमा आधारित रहेर पूर्वराजदूत डा. रामभक्त ठाकुरसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीको यसपटकको भ्रमण कस्तो रह्यो ?

यो भ्रमणलाई आर्थिक भ्रमण भन्दा हुन्छ । जसमा नेपालमा भएका जलश्रोतलाई उपयोग गर्ने र बढी भएकोलाई भारतमा निर्यात गर्ने दृष्टिकोणबाट हेर्दा सकारात्मक छ । आर्थिक दृष्टीकोणबाट राम्रो भएको छ तर राजनीतिक रूपमा भने केही प्रगति भएको छैन । अगाडिदेखि नै चलिआएका योजनाहरू अरुण तल्लो, खुर्काेट कर्णाली उहाँको समयमा आएर कार्यान्वयन भयो र सही गरियो । तर, यतिमा मात्र सीमित हुँदैन।

महाकाली सन्धि राष्ट्रघाती नै थियो त या प्रचण्डको पृष्ठभूमिको कारणले अब सबै नराम्रो भन्ने त ?

हो, पञ्चेश्वर आयोजना बनाएको भए राम्ररी ६०० मेगावाटको बिजुली उत्पादन हुन्थ्यो । त्यसको डिपिआर पनि बनेन ।

महाकाली सन्धि गर्दाखेरी नै मैले यो साझा नदी हैन, नेपालको नदी हो भन्दा नेपाली मन्त्रीहरूलाई नै मेरो कुरा मन परेन । उनीहरूले तपाइ अरू राजनीति हेर्नुहोस्, हामीलाई यो सन्धि गर्न दिनु भने । त्यसैले अहिले कति सफल भयो भन्नेमा जानु हुँदैन, पहिला अगाडि के भए त्यो हेर्नुहोस् ।

अहिले यो व्यापारको कुरा भयो, त्यसैले नेपालको अवस्थाको लागि यो ठिकै भन्नु पर्छ । तर उहाँले अरू विषयमा कुरा उठाउनु भएन । व्यापार घाटाको कुरा नै भएन । त्यसैले हाम्रो बिजुली छ, कम रेटमा भारतलाई बेच्ने भयौँ, राम्रो हो । तर यो काम मन्त्रीले पनि गर्न सक्थे, यसैका लागि प्रधानमन्त्री नै जानु पर्ने हैन ।

महाकाली सन्धिमा राष्ट्रघात भएको छ, राष्ट्रका पक्षमा बोल्नेलाई पदीय हैसियतमा कायम गर्न दिइन्न भने के भइरहेको छ मुलुकमा ?

मुलुक महासङ्कटमा छ । बचाउन सकिएन भने रहला नरहला । अहिले नै भारतको संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको छ । हाम्रा प्रधानमन्त्री प्रचण्डले त्यो किन लगाएको भनेर सोध्नु भएन । हरेक देशले अरु देशमामा खेल्न पाउँछ भने खेल्छ, तर हामी एकजुट भएर अगाडि बढ्नु पर्ने हो, तर त्यो भएन ।

अब गर्ने के त ?

प्रधानमन्त्रीको भारत भ्रमणमा केही कुरा नेपालको हितमा पनि आएको छ । जस्तो ४०० केभी लाइन बुटवलदेखि गोरखपुर जोड्ने शिलान्यास भयो, यो सबै गर्न सक्यो भने नेपाललाई राम्रो हुन्छ । नेपालको जबसम्म हित हुँदैन तबसम्म हामी आफूलाई भारतको चंगुलबाट बाहिर निकाल्न सक्दैनौँ । भारतसँग चल्न गाह्रो छैन तर हाम्रा मान्छेले चल्न जानेनन् ।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा तयार पारिएको सामग्री)

 

 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ११ : ०३ बजे

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित

‘जेन-जी’ प्रदर्शन : सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति

महेन्द्रनगर–  ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा