‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणमा राम्रो’ « Khabarhub

‘प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणमा राम्रो’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको चारदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार स्वदेश फर्केका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भ्रमणबारे जानकारी दिँदै यसअघिका भ्रमणभन्दा परिणाममुखी, फलदायी र कामकाजी भएको दाबी गरे । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठकले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गैरजिम्मेवार र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै  संसदमा विरोध गरेको छ । आखिर प्रधानमन्त्री  प्रचण्डको भारत भ्रमणबाट नेपालले के पायो ? यसै विषयमा आधारित रहेर पूर्वराजदूत डा. रामभक्त ठाकुरसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीको यसपटकको भ्रमण कस्तो रह्यो ?

यो भ्रमणलाई आर्थिक भ्रमण भन्दा हुन्छ । जसमा नेपालमा भएका जलश्रोतलाई उपयोग गर्ने र बढी भएकोलाई भारतमा निर्यात गर्ने दृष्टिकोणबाट हेर्दा सकारात्मक छ । आर्थिक दृष्टीकोणबाट राम्रो भएको छ तर राजनीतिक रूपमा भने केही प्रगति भएको छैन । अगाडिदेखि नै चलिआएका योजनाहरू अरुण तल्लो, खुर्काेट कर्णाली उहाँको समयमा आएर कार्यान्वयन भयो र सही गरियो । तर, यतिमा मात्र सीमित हुँदैन।

महाकाली सन्धि राष्ट्रघाती नै थियो त या प्रचण्डको पृष्ठभूमिको कारणले अब सबै नराम्रो भन्ने त ?

हो, पञ्चेश्वर आयोजना बनाएको भए राम्ररी ६०० मेगावाटको बिजुली उत्पादन हुन्थ्यो । त्यसको डिपिआर पनि बनेन ।

महाकाली सन्धि गर्दाखेरी नै मैले यो साझा नदी हैन, नेपालको नदी हो भन्दा नेपाली मन्त्रीहरूलाई नै मेरो कुरा मन परेन । उनीहरूले तपाइ अरू राजनीति हेर्नुहोस्, हामीलाई यो सन्धि गर्न दिनु भने । त्यसैले अहिले कति सफल भयो भन्नेमा जानु हुँदैन, पहिला अगाडि के भए त्यो हेर्नुहोस् ।

अहिले यो व्यापारको कुरा भयो, त्यसैले नेपालको अवस्थाको लागि यो ठिकै भन्नु पर्छ । तर उहाँले अरू विषयमा कुरा उठाउनु भएन । व्यापार घाटाको कुरा नै भएन । त्यसैले हाम्रो बिजुली छ, कम रेटमा भारतलाई बेच्ने भयौँ, राम्रो हो । तर यो काम मन्त्रीले पनि गर्न सक्थे, यसैका लागि प्रधानमन्त्री नै जानु पर्ने हैन ।

महाकाली सन्धिमा राष्ट्रघात भएको छ, राष्ट्रका पक्षमा बोल्नेलाई पदीय हैसियतमा कायम गर्न दिइन्न भने के भइरहेको छ मुलुकमा ?

मुलुक महासङ्कटमा छ । बचाउन सकिएन भने रहला नरहला । अहिले नै भारतको संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको छ । हाम्रा प्रधानमन्त्री प्रचण्डले त्यो किन लगाएको भनेर सोध्नु भएन । हरेक देशले अरु देशमामा खेल्न पाउँछ भने खेल्छ, तर हामी एकजुट भएर अगाडि बढ्नु पर्ने हो, तर त्यो भएन ।

अब गर्ने के त ?

प्रधानमन्त्रीको भारत भ्रमणमा केही कुरा नेपालको हितमा पनि आएको छ । जस्तो ४०० केभी लाइन बुटवलदेखि गोरखपुर जोड्ने शिलान्यास भयो, यो सबै गर्न सक्यो भने नेपाललाई राम्रो हुन्छ । नेपालको जबसम्म हित हुँदैन तबसम्म हामी आफूलाई भारतको चंगुलबाट बाहिर निकाल्न सक्दैनौँ । भारतसँग चल्न गाह्रो छैन तर हाम्रा मान्छेले चल्न जानेनन् ।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा तयार पारिएको सामग्री)

 

 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ११ : ०३ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी