काठमाडौँ – कार्बन उत्सर्जनविरुद्धको लडाइँमा सोलर प्यानल सबैभन्दा भरपर्दो र गतिलो हतियार हुनसक्छ। तर, दुखको कुरा यसको आयु केबल २५ वर्षको मात्र हुन्छ।
यो नै जलवायु परिवर्तनको लडाइँमा सबैभन्दा दुखद पक्ष बनेको छ। वातावरणविज्ञका अनुसार संसारभरी रहेका यस्ता अरबौँ सोलर प्यानल विस्थापित गर्ने अवस्थामा पुगिसकेका छन्।
एउटा सोलर प्यानलको अधिकतम क्षमता ४०० वाटसम्म हुन्छ। यदी रुफटप र कृषि फार्ममा राखिएका सबै प्यानलको हिसाब जोड्ने हो भने यो २ दशमलव ५ बिलियन हुन आउने अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्व विद्यालयका प्राध्यापक तथा सोलर प्यानल पुनः उपयोगविज्ञ डा. रोङ डेङको अनुमान छ।
अहिले बेलायतमा मात्र १ करोड भन्दा बढी सोलर प्यानल छन्। तर, त्यहाँ यी सबैलाई पुनः उपयोग गर्ने किसिमले मर्मत गर्न कठिन छ। ऊर्जाविज्ञहरुले भने बेलायतमै पनि तत्काल जलवायु समस्या समाधान गर्न ऊर्जाको भरपर्दो श्रोत पत्ता लगाउन नसके यसले ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिन थालेका छन्।
‘हामीले अहिले रिसाइक्लीङ प्रक्रियालाई अघि बढाउन सकेनौँ भने सन् २०५० सम्मको समय हाम्रा लागि पहाडको टुप्पो नै साबित हुने छ’ अन्तर्राष्ट्रिय पुनः नवीकरणीय ऊर्जा एजेन्सीका निमित्त निर्देशक उट कोलियरले भनिन्। ‘हामीले धेरै सोलर प्यानल उत्पादन गरी रहेका छौँ। तर यसको मतलब यो होइन की खेर गएकालाई कसरी फेरी प्रयोग गर्ने भन्ने बारेमा सोच्न नै मिल्दैन’ उनको जिकिर रह्यो।
जुन महिनाको अन्त्यमा यस अभियानमा एउटा फड्को मारिने अपेक्षा भने गरिएको छ। महिनाको अन्त्यमा फ्रान्सको पेरिसमा पहिलो पटक पुनः उपयोग गर्ने हेतुले नै सोलर प्यानलको कारखाना तयार हुँदैछ। यसमा पुराना काम नलाग्ने प्यानल त्यहाँ लागेर फेरी उपयोग योग्य बनाइने छ।
सहर ग्रेनोबलमा सोलर पुनः नवीकरणमा विशेषज्ञता प्राप्त रोसीले नै आफैले त्यहाँ यस महत्त्वपूर्ण कामको सुरुवात गर्न लागेको हो। यसले ९९ प्रतिशत प्यानललाई फेरि प्रयोग गर्न मिल्ने गरी बनाउन सक्छ।
त्यहाँ काँचका पदार्थ र अल्मुनियमका फ्रेम पनि पुनःप्रयोग गर्न सकिने छ। प्यानलमा भएको सबै तत्वलाई पुनःप्रयोग गर्न मिल्ने गरी त्यस कारखानाले तयार पार्न सक्नेछ। सिल्भर जस्ता सजिलै सौर्य प्रकाश ग्रहण गर्ने अन्य धातु उपयोग गर्न पनि त्यहाँ कठिन हुने छ।
अहिलेको नयाँ योजनाअनुसार १० देखि १५ वर्षको बिचमा सोलर प्यानललाई नयाँ जीवन दिएर फेरि जडान गर्न सकिने छ।
यिनीहरूलाई न रिसाइक्लीङ गरेर फेरि प्रयोग गर्न सकिने बनाइने छ। सोलर प्यानल रिसाइक्लीङ गर्ने परम्परागत प्रविधिले धेरैजसो अल्मुनियम र तामालाई फेरि प्रयोग गर्न सकिने बनाइने छ। तर, रोसीले अपनाउने प्रविधिले काँचको गुणस्तर भने धेरै घट्ने छ।
यो प्रविधि अपनाइए काँचलाई टायल बनाउन या बालुवा छान्ने स्थानमा प्रयोग गर्न सकिनेछ। अन्य पदार्थसँग मिसावट गर्दै असफाल्ट पनि बनाउन सकिने छ। सोलर प्यानलजस्तो उच्चस्तरको काँच चाहिने स्थानमा भने यसलाई फेरि प्रयोग गर्न सकिने छैन। साँच्चै माथिल्लो तहको काँचको आवश्यकता महसुस गर्ने हो भने भिन्न खालको एपलीकेसन प्रयोग गर्न सकिने छ।
सोलर प्यानल राख्ने प्रचलन उत्कर्षमा पुगेको समयमा रोसीले यो नयाँ अभियान सुरु गरेको छ। सन् २०२१ बाट सोलर प्यानलबाट ऊर्जाको क्षमतामा २२ प्रतिशतले वृद्धि भएको छ। बेलायतमात्र प्रत्येक महिना १३ हजार फोटो भोलाटिक सोलर प्यानल जडान हुन्छन्। यी मध्येका धेरै त निजी घरका छानामा नै जडान हुने गरेका छन्।
यिनीहरूको जीवन चक्रलाई पनि हेर्ने हो भने सोलर प्यानल जडान खर्चिलो पनि हुन सक्छ। अहिलेको नयाँ योजनाअनुसार १० देखि १५ वर्षको बिचमा सोलर प्यानललाई नयाँ जीवन दिएर फेरि जडान गर्न सकिने छ।
यही क्रम बढीरहेमा सोलर प्यानल उपयोगको मात्रा एकदमै बढी हुन सक्ने कोलीयरको मत छ।
‘सन् २०३० सम्ममा यो थप ४० लाख टन सामग्री आवश्यक हन सक्छ। यो बेलायतको हकमा अझै व्यवस्था गर्न सकिने अवस्थामा नै छ। तर, सन् २०५० को संसारको अवस्थालाई हेर्ने हो भने २०० मिलियन थप आवश्यक पर्छ। यो ज्यादै कठिन हो ’ उनले भने। यसका लागि वार्षिक ४०० मिलियन प्लास्टिक पनि उत्पादन गर्नुपर्ने उनको ठहर छ।
यसलाई रिसाइक्लिङ गर्ने पद्धति उपयुक्त मानिए पनि तत्काल धेरै देशले हतारो गरेमा यसमा धेरै चुनौती पनि खडा हुन सक्छन्। अहिले भएका धेरै सोलर प्यानलको जीवन अन्तिम हुने अवस्थामा पुगेका छन्। यसका लागि भने तत्काल विकल्प सोच्न आवश्यक भइसकेको छ। वातावरणविद्हरूकै अनुसार यसरी खेर गएमा फोटो भोल्टीकलाई फेरी प्रयोग गर्ने देशमा फ्रान्स अग्र स्थानमा छ।
सोरेनका टिम सदस्य भने सिल्भर फेरी प्रयोग गर्न सकिने भएका कारण तीन चौथाइ मात्र सामग्रीबाट फेरी अर्को सोलर प्यानल निर्माण गर्न सकिने कुरामा विश्वस्त छन्।
रोसीसँग सहकार्य गर्दै आएको सोरेनका प्रमुख निकोलास डिफ्रेनका अनुसार उनको कम्पनी फ्रान्समा सबैतिर सामग्री उपलब्ध गराउन सक्षम छ। उसले सबै पुरानो संरचनालाई नयाँ बनाउने काममा सहकार्य गरेको छ।
सबैभन्दा ठूलो प्यानललाई पुरै नयाँ स्वरूप दिन तीन महिनाको समय लागेको निकोलास बताउँछन्। उनीहरूले यसरी पाएको हरेकलाई सावधानीपूर्वक भित्तामा राखेर पहिले नै नियाल्ने र काम सुरु गर्ने गरेका छन्।
ग्रेनोबलमा रहेको रोसीको उच्च प्रविधियुक्त प्लान्टमा त्यस भित्र रहेका तामा, सिलिकन र सिल्भरलाई उपयोगका लागि तयार गरिने छ। हरेक सोलर प्यानलका यिनीहरूका सानो टुक्रा एक आपसमा जोडिएका हुन्छन्।
यिनलाई छुटाएर प्रशोधन गरेर फेरी पहिलेकै स्वरूप दिन साँच्चै कठिन नै हुन्छ। निकोलासका अनुसार यो प्रविधि व्यापक रूपमा फिल भएमा जलवायु परिवर्तनको समस्यामा एउटा गेम चेन्जर नै बन्न सक्ने छ। ‘सोलर प्यानलको ३ प्रतिशत तौलमा नै यसका ६० प्रतिशत महत्व हुन्छ,’ उनले भने।
सोरेनका टिम सदस्य भने सिल्भर फेरी प्रयोग गर्न सकिने भएका कारण तीन चौथाइ मात्र सामग्रीबाट फेरी अर्को सोलर प्यानल निर्माण गर्न सकिने कुरामा विश्वस्त छन्। अहिले नयाँ प्यानल बनाउनका लागि सिल्भरकै आवश्यकता पर्छ। यसका समस्या धेरै पनि हुन सक्छ। बेलायतमा पनि रोसीकै प्रविधि अनुसरण गर्दै काम गर्ने योजना बनेको छ।
लेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गत वर्ष पिभी युनिटबाट सिल्भर झिकेर फेरी नयाँ उत्पादन गर्न सकिने कुराको अध्ययन भई रहेको जानकारी दिएका थिए।
औद्योगिक तहमा प्रवेश पाउने पहिलो कम्पनी भने रोसी नै हुने भएको छ। यो प्रविधि सुरुमा खर्चिलो लागे पनि कालान्तरमा प्रभावकारी र पुराना सोलर फ्याँक्नु भन्दा सहज हुने भएकाले युरोपेली यस प्रविधिमा धेरै आकर्षित हुन सक्ने छन्। यसैबाट फ्रान्सलाई प्रविधिको दुनियाँको नयाँ नायकको रूपमा स्थापित गराउन पनि सक्ने छ।
प्रतिक्रिया