संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्ने   « Khabarhub

संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्ने  


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ। आइतबारको बैठक प्रतिपक्ष दलले अवरुद्ध गर्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लैले रोकेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएको, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा एमालेले विरोध जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको मात्रै विरोध जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नागरिकता विधेयक र रेसम चौधरीको आममाफीबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ। तीन दलको अवरोध पछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक आजका लागि सुचना निकालेर स्थगित गरिएको थियो।

प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित राष्ट्रियसभाको दोस्रो बैठकमा केही कार्यसूची हटाइ शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ५३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण