‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती’ « Khabarhub

‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती’


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती बनेको बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने बताएका छन्।

उनले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने भन्दै स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने हकलाई सार्थक बनाउनुपर्ने पनि बताएका छन्। ‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ’, सन्देशमा भनिएको छ, ‘विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : ११ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले