हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला « Khabarhub

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । गत वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रदका लागि असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । जसअनुसार १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता शेयर हुनेछ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाका साथै सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत वैशाख २७ गते बुक क्लोज गरेको थियो । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ३२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु