ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट « Khabarhub

ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन्। इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए।

चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत ‘फाइभ सिजन’मा ममता राई, ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल, ‘बोल्ड एसेसरिज’मा दमायन्ती अधिकारी उत्कृष्ट भए। चारैजना विजेताले जनही १५ हजार रुपैंयाँ, बज्र फिटनेस र केज फिटनेसको तर्फबा गिफ्ट ह्याम्पर पाए।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो। डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको छ। जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन्।

कार्यक्रममा कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्णराज तिमल्सिना र रुपेश प्रधान निर्णायक थिए। आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो।

आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए। काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ। अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ५८ बजे

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि

सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज– बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन

बाँकेका सीमा नाका तीनदिन बन्द हुने 

काठमाडौं– प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र