प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे सदनलाई जानकारी « Khabarhub

प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे सदनलाई जानकारी


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चार दिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन्।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले सात वटा दस्ताबेजमा हस्ताक्षर भएको जानकारी गराए। रेलमार्गबाट पारवहन सुरु गरिएको पनि उनले बताए।

प्रतिनिधिसभा आजको बैठक बैठक पनि सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए। आफूले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिने भए पछि उनीहरुले आशन ग्रहण गरेका थिए।

आइतबार प्रधानमन्त्रीको जवाफ माग गर्दै एमाले, रास्वपा र राप्रपाले सदन अवरुद्ध गरेका थिए।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : २१ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द