'वातावरण संरक्षणमा सूचना प्रविधिको भूमिका बढाउनुपर्छ'  | Khabarhub Khabarhub

‘वातावरण संरक्षणमा सूचना प्रविधिको भूमिका बढाउनुपर्छ’ 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता पनि औँल्याएकी छन् ।

‘विश्वव्यापीरुपमा बढ्दै गएको वातावरण प्रदूषणको चुनौती, वातावरणसम्बन्धी सचेतना र जागरण निकै महत्वपूर्ण पक्ष हो, यसका लागि आमसञ्चार क्षेत्रलगायत सबैको प्रभावकारी भूमिका आवश्यक छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘वातावरण संरक्षणलाई निरन्तर सचेतनामूलक अभियानका रुपमा अघि बढाउन र यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अत्यधिक परिचालनमा जोड दिन पनि म सबै पक्षसँग आह्वान गर्दछु ।’

यसवर्ष विश्वव्यापीरूपमा प्लाष्टिकजन्य प्रदूषण निर्मूलको सन्देशसहित वातावरण दिवस मनाइँदै गर्दा यसको प्रयोगका कारण नेपालसहित विश्वव्यापीरुपमा ठूलो समस्याको रुपमा देखिँदै आएको उनले उल्लेख गरेकी छन्। ‘प्लाष्टिकजन्य प्रदूषण कम गर्न यसको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने, अस्वीकार गर्ने, हटाउने, पुनः उत्पादन गर्नेलगायत विभिन्न विधि प्रयोग हुँदै आएका छन्’, सन्देशमा भनिएको छ, ‘मुख्य कुरा आम नागरिकले प्लास्टिकजन्य वस्तु प्रयोगको लत कम गर्नुपर्ने आवश्यकता छ । यसका लागि प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानी र त्यसबाट बच्ने उपायसम्बन्धी व्यापक जनचेतना जागृत गनुपर्ने आवश्यकता छ ।’

नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हककै रूपमा स्थापित गरेकाले प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् । 

वातावरण संरक्षणका लागि सरकारले विद्यालयस्तरमा पाठ्यपुस्तक र सञ्चार माध्यमबाट चेतनामूलक सामग्री प्रचारप्रसार आदिमा जोड दिँदै आएको स्मरण गराउँदै मन्त्री शर्माले सबै तहका सरकार, गैरसरकारी तथा निजी क्षेत्र र समुदायस्तरमा पनि वातावरणसम्बन्धी जनचेतना वृद्धिका कार्यक्रम आवश्यक रहेको बताएकी छन् ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : ३३ बजे

सपनामा सर्प देख्नु शुभ कि अशुभ ?

काठमाडौं– मानिसहरू निदाएपछि सपना देख्छन् । कहिले राम्रो त कहिले डरलाग्दो

प्रधानमन्त्री पत्नीलाई ‘प्रथम महिला’ सम्बोधनले उठाएको प्रश्न– राष्ट्रपति पत्नीको चिनारी के हो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले लेखेको पुस्तक

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

एजेनसी– मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध

जापानमा हिम पहिरोको चेतावनी

एजेन्सी – जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने,

नेपाली सेनाको योगदान सह्रानीय : प्रदेश प्रमुख मियाँ

धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले नागरिकहरूको सुरक्षामा दिएको