स्वरुपको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति « Khabarhub

स्वरुपको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक स्वरुपराज आर्चायको स्वर रहेको  ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो।

सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ।

सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ। धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियोमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ। केशवराज भट्टको निर्देशन  रहेको  भिडियोको छायांकन  उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन्।

प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो  तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : ४७ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु