‘मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण’ « Khabarhub

‘मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधान मिचिएको बताए ।

संघीय संसद्को दुवै सदनले दुईपटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक रोकेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको बताए । मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन वर्तमान राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

सरकार परिवर्तनसँग आउने नयाँ सरकारले पूर्ववर्ती सरकारले गरेका कार्यलाई निरन्तरता दिनुपर्ने भन्दै उनले संसद पनि अविछिन्न उत्तराधिकार संस्था रहेको बताए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  २ : ५० बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा