नेपाल-भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्न आवश्यक « Khabarhub

नेपाल-भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्न आवश्यक


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरूको जिज्ञासामा नेपाल र भारत दुवै पक्ष सँगै बसेर नक्सा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।

‘भारत भ्रमणका क्रममा कैयौँ विषयमा छलफल भएको छ, राष्ट्रिय हित  र स्वाधीनताको विषयमा हामी चिन्तित छौँ’, प्रधानमन्त्री दाहालले भने, ‘नक्साका विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहुँदैन, मेरो प्राथमिकता चाहिँ फोहर व्यवस्थापन थियो ।’

प्रधानमन्त्री  दाहालले  नागरिकता विधेयक दुवै सदनले पारित गरेर पठाएको हुनाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको बताए । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरै नागरिक नागरिकताविहीन भएका उनको भनाइ थियो ।

‘दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न मिल्दैन’, प्रधानमन्त्री  दाहालले भने, ‘सदनले दुई पटक प्रमाणीकरणका लागि पठाएको हो ।’ बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन  प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।

सांसदहरू विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिए ।

सांसदहरू गोकर्ण विष्ट, पद्म गिरी, प्रेम सुवाल, रघुजी पन्त, योगेशकुमार भट्टराई, राजेन्द्रप्रसाद लिङ्देन, ज्ञानेन्द्रबहादुर शाही, ठाकुर गैरे, शिशिर खनाल, रवि लामिछाने, जुलीकुमारी महतो, सुनिता बराल, बिजुला रायमाझीलगायतले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा सुरक्षा, नागरिकता विधेयक संसद्लाई छलेर प्रमाणीकरण गरेको आरोप लगाउँदै प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : १३ बजे

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक