पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने « Khabarhub

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए ।

“प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ”, उनले भने । कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसद्मा आवाज उठाउने बताए ।

उनले भने, “अहिले हाम्रो मौलिक कथाले पर्दामा स्थान पाइरहेका छन् । कर्णालीका कथालाई पर्दासम्म ल्याउन मेरो सहयोग र सहकार्य रहनेछ ।” उनले आगामी बजेटमा नेपाली चलचित्रलाई समावेश गर्न सम्बन्धित निकायसँग छलफलसमेत गरेको जानकारी गराए ।

“बजेटमा सम्बोधन नभएको गुनासो उठिरहँदा यस क्षेत्रलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । मैले अर्थमन्त्रीज्यूसँग भेटेर पनि यसबारे जानकारी गराएको छु । छिट्टै केही सम्बोधन हुनेमा आशावादी छु”, सांसद शाहीले भने । पत्रकार सम्मेलनमा पूर्वरा‍ज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्तलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ७ : ३३ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष