सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन « Khabarhub

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ ।

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो ।

सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर संकलन भइसकेको समेत सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति र पर्यावरण जोगाउने कार्यलाई बढावा दिनका लागि सफा हिमाल अभियानलाई निरन्तरता दिइएको बताए । उनले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको उल्लेख गरे ।

कार्यक्रममा हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरिएको थियो । यस बर्षको सफाइ अभियानका क्रममा पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ८ : ५१ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो