समाजको विश्वासिलो शक्ति पत्रकारिता हाे : मुख्यमन्त्री कार्की  « Khabarhub

समाजको विश्वासिलो शक्ति पत्रकारिता हाे : मुख्यमन्त्री कार्की 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कोशी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज परिवर्तनमा नेपाली पत्रकारिताको भूमिक महत्वपूर्ण हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक सम्मेलन’को उद्घाटन गर्दै उनले पत्रकारिता क्षेत्र सचेत रहेकै कारण सरकार पनि बलियो भएको प्रसङ्ग उल्लेख गरे ।

पत्रकारिता क्षेत्रको सचेतना र इमान्दारिताले समाज पनि निकै महत्वपूर्ण परिर्वतन आएको बताउँदै उनले सञ्चारमाध्यमले आफू अनुकूल व्याख्या गर्न नहुने तर्क गरे । मुख्यमन्त्री कार्कीले समाजलाई एकीकृत बाटोमा लैजान पत्रकारिता क्षेत्रले सत्य एवं तथ्यलाई जोड दिनुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले भने, “जनताको विश्वासिलो शक्तिको रुपमा रहेको पत्रकारिता क्षेत्रमा वैचारिक भित्रता भए पनि राज्य निर्माणमा एक हुनुपर्छ ।” महासङ्घले सञ्चालन गरेको शुद्धीकरण अभियानले यो क्षेत्रलाई अझ बलियो र व्यवस्थित बनाउने विश्वास व्यक्त गर्दै उनले सञ्चार क्षेत्रको यथोचित विकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घ केन्द्रीय समितिका अध्यक्ष विपुल पोखरेलले महासङ्घले क्रियाशील पत्रकारिता सुनिश्चितता गर्न शुद्धीकरण अभियान सञ्चालन गरेको भन्दै सदस्य प्राप्ति र अन्त्यको अधिकार जिल्ला शाखाको हुने स्पष्ट पारे । उनले नैतिक र चरित्र निर्माण गर्न शुद्धीकरण अभियानले मद्दत गर्ने भन्दै प्रदेश सरकारले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको भूमिका स्पष्ट रुपमा लेख्नुपर्ने सुझाव दिए ।

महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता भट्टराई, महासचिव रोशन पुरी, केन्द्रीय सदस्य अमर खड्का, पत्रकारहरु बन्धु पोखरेल, मीनकुमार नवोदित श्रेष्ठ, अविजाल विष्ट, विक्रम लुँइटेल र लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रलाई सबल बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : ०७ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत