प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान « Khabarhub

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौँ शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी छन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १० : १० बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई